काठमाडौँ । प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता आजै अनुमोदन गरिने भएको छ । सत्ता गठबन्धनमा समझदारी बनिसकेकाले आइतबारै अनुमोदन गर्ने तयारी गरिएको हो ।
आइतबार बिहान बसेको गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आइतबार नै अनुमोदन हुने जानकारी दिए ।
सरकारका प्रवक्ता कार्कीका अनुसार सत्ता गठबन्धनका दलहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्ताव लगायतका प्रक्रिया मिलाउन लागिएकोले निर्धारित समयभन्दा ढिला हुने भएको हो ।