सुर्खेत। सुर्खेत विमानस्थल विस्तारका लागि वीरेन्द्रनगर नगरपालिकाका पूर्व प्रमुख देवकुमार सुवेदीले विमानस्थल विस्तारका बारेमा पानी माथिको ओभानो बन्न खोजेर केही प्रतिक्रियाहरू आएको बताए। अब ती प्रतिक्रियाको कटाक्ष हुने समय भएको बताउँदै त्यसको सुभारम्भ यो बैठक भएको बुझाई व्यक्त गरे।
विमानस्थल विस्तारमा सुर्खेतबासिको एकरूपता उतिबेला देखि अहिलेसम्म रहेको बताए।
उनले आफू विमानस्थल विस्तार कार्यमा श्रमदान गर्न समेत तयार रहेको बताए। त्यसका लागि व्यवस्था मिलाउन वर्तमान मेयर मोहनमाया ढकाललाई भने।
आफ्नो अध्यक्षतामा बसेको बैठकले विमानस्थल विस्तार कार्य नहुने निर्णय भएको बताउँदै उतिबेला गल्ती भएको स्वीकार गरे। त्यसबेला स्थानीयको पक्षमा निर्णय गरिएको जनाए।
विमानस्थल विस्तार की आफूहरुको जग्गा फुकुवाको बाटो खुलाउन गरिएको अनुरोध अनुसार नगरका तर्फबाट विमानस्थल विस्तार हुन नसक्ने देखिएपछि अरु बाधाहरू फुकुवा गरिएको बताए।
सुवेदीले सुर्खेतका विकासका क्रममा भएका गल्तीहरुको जिम्मेवार हुँदै अरु नेताहरुले वर्षौंदेखि गरेका गल्तीहरूको जिम्मेवारी लिन चेतावनी दिए।
सुवेदीमाथि विस्तारका कार्यलाई रोक्ने निर्णय गरेको आरोपमा लागिरहेको थियो।