सुर्खेत। सुर्खेत विमानस्थल विस्तारका लागि सर्वपक्षीय सर्वदलीय बैठक सुरु भएको छ। वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा उक्त छलफल सुरु भएको हो।
बैठकमा उठाइने छलफलका बारेमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले एजेण्डा प्रस्तुत गरेकी छन्।
यस्ता छन् एजेण्डा :
वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित सर्वदलिय तथा सर्वपक्षीय बैठक
१. विषयः सर्वदलीय तथा सर्वदलीय बैठकको छलफलको विषय, सुर्खेतविमानस्थल सम्वन्धमा ।
२. वीरेन्द्रनगर नगरपालिकाद्वारा आयोजित सर्वदलिय तथा सर्वपक्षीय बैठकमा सुर्खेत विमानस्थल सम्वन्धमा वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट छलफलका लागि प्रस्तावित धारणा :
क) सुर्खेत विमानस्थलवाट दैनिक रुपमा बुद्ध एयर २ र श्री एयरले १/१ वटा उडान सञ्चालन गरिरहेका छन् जसले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौं विच आउने जाने काम सहज वनाएको छ । हाल सञ्चालन भईरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार मार्फत संघीय सरकार सँग माग गर्ने ।
ख) सञ्चालन भईरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीय वासीहरुलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकार मार्फत संघीय सरकार सँग माग गर्ने ।
ग) कर्णाली प्रदेशको नमुनाको रुपमा रहेको विध्यालय श्री अमर ज्योती नमुना माद्यामिक विध्यालयमा हजारौं विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ, सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकार सँग समझौता गर्ने ।
घ) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलवाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकार सँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने।
ङ) सुर्खेत विमानस्थलमा दैनिक रुपमा ३०० भन्दा वढी यात्रुहरु आवत जावत गर्ने विमानस्थलमा परिणत भएको अवस्था छ । तर भौतिक संरचनामा कुनै सुधार भएको अवस्था छैन । तसर्थ टर्मिनल भवन, यात्रु वस्ने स्थान, शौचालय व्यवस्थित लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरण सँग माग गर्ने ।
च) सर्वदलिय तथा सर्वपक्षीय बैठकवाट गरिएका निर्णयहरु कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडी वढाउन सम्वन्धित निकायमा अनुरोध गर्ने।