सुर्खेत। राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेश बाट छ जनाको उम्मेदवारी दर्ता गरिएको छ । सोमबार प्रदेश निर्वाचन कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा दरहरुले ¥याली सहित मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्ता अनुसार सत्तारुढ गठबन्धन दल र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धन दलका तर्फबाट अन्यमा नेपाली कांग्रेसबाट रुकुम पश्चिमका कृष्णबहादुर रोकायले उम्मेदवारी दिएका छन् । उनि कांग्रेसको प्रदेश महामन्त्री पनि हुन् ।
दलिततर्फ माओवादी केन्द्रबाट कालिकोटका विष्णु विकको उम्मेदवारी परेको छ ।
यस्तै, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट दैलेखकी सावित्री मल्लको उम्मेदवारी परेको छ । मल्ल दैलेखको नारायण नगरपनलिकाकी पूर्व उपप्रमुख हुन् ।
नेकपा एमालेबाट दलिततर्फ दैलेखका हिक्मतबहादुर विक, महिलातर्फ हुम्लाकी विमला शाही र अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णाली प्रदेशमा कूल मतभार पाँच हजार ८४ रहेको छ । त्यसमध्ये प्रदेश सभातर्फ ४० मतदाता संख्या रहेकोमा दुई हजार १२० मतभार छ भने स्थानीय तहअन्र्तगत १५६ मतदाता संख्याको दुई हजार ९६४ मतभार रहेको छ ।
कर्णालीमा कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो ।