सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा सरकार खोज्दा नभेटिएको बताएका छन्। उनले कर्णालीमा सरकार खोज्दा नभेटिने तर हेर्दा जहाँ पनि देखिएको सार्वजनिक कार्यक्रम मार्फत टिप्पणी गरेका हुन।
सरकारी संयन्त्रले गर्ने कार्यहरुले नतिजा दिन नसकेको अवस्था र सार्वजनिक कार्यक्रमहरुमा देखिने मन्त्रीको उपस्थिति प्रति उनको भनाइ ईन्कित थियो।
शुक्रबार देखि वीरेन्द्रनगरमा ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। सो कार्यक्रमको उद्घाटन सत्रमा बोलेका नेता कँडेलले कर्णालीमा राष्ट्रियस्तरका खेल प्रतियोगिता आयोजनाका लागि पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको बताए।
दशैं राष्ट्रिय खेलकुद प्रयोगिताका लागि कर्णालीमा पूर्वाभ्यास भएको उनको बुझाई छ। २०८१ मा हुने उक्त कर्णालीको लागि प्रतिष्ठाको विषय बनेको बताए।
खेलकुदका पूर्वाधार निर्माण गर्न बजेट मात्र आयो तर कार्यान्वयन हुन नसकेको उनले बताए।