सुर्खेत । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिद्वारा ८६ जनाको नाम सिफारिस गरिएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदै छ । कर्णालीबाट तीन जनाले उम्मेदवार बन्न पाउने छन् । त्यसका लागि प्रदेश कार्यसमितिको दुई दिने छलफलपछि केन्द्रीय कार्यसमितिलाई उनिहरुको नाम सिफारिस गरिएको हो ।
जिल्लाबाट सिफारिस भई आएका व्यक्तिहरुलाई नै प्रदेश कार्यसमितिले सिफारिस गरेको छ । ‘प्रदेश कार्यसमितिले केही नामहरु काटछाँट गर्न सक्नुपथ्र्यो । त्यसो हुन सकेन ।’ बैठकमा सहभागी एक नेताले भने ।
कर्णालीका सबै जिल्लाले नाम सिफारिस गर्दा हुम्लाले भने कुनैपनि नाम सिफारिस गरेको छैन । राष्ट्रिय सभा निर्वाचनका लागि योग्य र क्षमतावना व्यक्ति भएपनि अन्य जिल्लाका अवसर प्राप्त नगरेका व्यक्तिहरुका लागि हुम्लाले सिफारिस नगरेको जनाएको छ ।
मुगुबाट पूर्व राज्यमन्त्री हस्तबहादुर मल्ल एक जनाको मात्र नाम सिफारिस गरिएको छ ।
डोल्पाबाट सात जना, जुम्लाबाट कांग्रेस प्रदेश सभापति ललितजंग शाही सहित सात जनाको नाम सिफारिस गरिएको छ ।
कालीकोटबाट प्रदेश उपसभापति कालीबहादुर सहकारी सहित नौं जना, दैलेखबाट कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री हेमबहादुर शाही सहित नौं जनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी, सुर्खेतबाट पूर्व मन्त्री खड्गबहादुर बस्याल, प्रदेश कोषाध्यक्ष खगीसरा आचार्य सहित २४ जना, जाजरकोट बाट प्रदेश सहमहामन्त्री रामछायाकुमारी शाही सहित सात जना, सल्यानबाट पूर्व जिविस सभापति ध्रुवराज पुरी सहित १३ जना र रुकुम पश्चिमबाट पूर्व राज्यमन्त्री गोपाल जी जंग शाह सहित १० जना सिफारिस गरिएको प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले जानकारी दिए ।
सूची हेराै