काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएकाे संसद् सचिवालयका एक अधिकारीले बताए ।
प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए । उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबार १ गतेसम्मका लागि सार्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सभामुखले बैठक सारेका थिए ।