रुकुम पश्चिम । सामुदायिक वन क्षेत्रका रुख फडानी गरेको आरोपमा वडाअध्यक्ष सहित चार जना पक्राउ परेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ का वडाअध्यक्ष तुल्से ओली सहित स्थानीय चार जना पक्राउ परेको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षिय कुले नेपाली, २६ वर्षिय बिशाल केसी (बिजय) र ५१ बर्षिय दिलबहादुर शाह रहेका छन्।
वडा अध्यक्ष ओलीलाई आज मङ्गलबार, नेपाली र केसीलाई असोज ८ गते र शाहलाई भदौ २९ गते नै नियन्त्रणमा लिईएको जनाइएको छ ।
उनिहरु बिरुद्ध चौरजहारी नगरपालिका वडा नम्वर ११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फडानी गरेको आरोप छ । वन समहुले वन ऐन अनुसार कारबाहिको माग गर्दै सव डिभिजन कार्यालय चौफामा मुद्दा दायर गरेको थियो । आरोपित चारै जनालाई अदलतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालय रुकुमपश्चिमले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाएको छ ।
चौरजहारी नगरपालिकाको वडा नम्वर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेतासम्म बिद्युत लाईन बिस्तार गर्ने क्रममा केहि रुखहरु काटिएको बताईएको छ । वन कार्यालयको अनुमति बिना रुख काटिएपछि उनिहरु बिरुद्ध मुद्धा चलेको बताईन्छ । वडा अध्यक्षले रुख काट्न निर्देशन दिएको र अरु रुख काट्ने कार्यमा संलग्न भएको आरोप छ ।