सुर्खेत । नेकपा एकीकृत समाजवादी सुर्खेतको जिल्ला कमिटी पुर्नगठित गरिएको छ । सोमबार पत्रकारसम्मेलन गर्दै एकीकृत समाजवादीले जिल्ला कमिटी पुर्नगठित भएको जानकारी गराएको हो ।
भदौ १३ गते बसेको सचिवालय बैठक र भदौ २३ गते बसेको जिल्ला कमिटी बैठकले जिल्ला कमिटीलाई पुर्नगठित गरेको छ ।
पुर्नगठित जिल्ला कमिटी सुर्खेतको अध्यक्षमा अध्यक्षमा टोपबहादुर रास्कोटी चयन भएको छन् । रास्कोटी यसअघि उपाध्यक्ष थिए ।
यस्तै जिल्ला कमिटीको उपाध्यक्षहरुमा शिवप्रसाद उपाध्याय, खड्गबहादुर केसी, सचिवमा विरबहादुर रावत (भोटे), उपसचिवहरुमा छविलाल सापकोटा र गोविन्दबहादुर शाहीलाई जिम्मेवारी तोकेको छ ।
एकसय ३ सदस्यीय जिल्ला कमिटीमा एकजना पदाधिकारी (उपसचिव/दलित महिला) पछि थप गर्ने निर्णय गरेको छ ।
बैठकले केही सीमित नेता कार्यकर्ताहरुले पार्टी छोड्दैमा सिंगो पार्टीलाई नै समायोजन भन्नु सरासर गलत र भ्रर्मबाजी मात्रै भएको जिल्ला अध्यक्ष रास्कोटीले बताए ।
पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शिवप्रसाद उपाध्यायले नीति र सिद्दान्तबाट बिचलित भएका केही व्यक्तिहरुले पार्टी छोड्दैमा पार्टी समायोज भयो भनेर भ्रम भिजाइएको बताए । उनले कुनै पनि कार्यकर्ताहरुलाई विचल्लित नभएर पार्टीको नियमित काम कारवाहीमा सक्रिय हुनुपर्ने बताए ।
केन्द्रीय सदस्य कुलदिप भट्ट, केन्द्रीय परिषद सदस्य एवम् पार्टी प्रदेश प्रचार विभाग प्रमुख वशन्तकुमार विश्वकर्मा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तत्कालीन जिल्ला अध्यक्ष मोहनसिंह बढुवालसहितका केही नेताहरुले एमालेमा प्रवेश गरेका थिए ।