काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमाले संसदीय दलका नेता कर्कीलाई नियुक्त गर्न परमादेश दिएको हो।
यसअघि मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्ष गरिरहेका व्यक्तिको समेत मत प्राप्त भएपछि असंवैधानिक कदम भएको भन्दै रिट परेको थियो। उक्त रिटमाथि सुनुवाई गर्दै आज सर्वोच्चले परमादेश जारी गरेको हो।
अब परमादेश बमोजिम नियुक्त हुने कार्कीले ३० दिनभित्र सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।