काठमाडौं। सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।
सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठ्कले झालाई नियुक्ति गरेको जानकारी दिइन् । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् ।
उनीसहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । झा कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।