सुर्खेत । कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतका सबै नीति निर्माणका कामहरु भदौं महिनाभित्र सम्पन्न गर्न मन्त्री भिमप्रकाश शर्माले निर्देशन दिएका छन् । बिहिबार मन्त्रालयका सचिव र मातहतका सबै महाशाखा प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् ।
बजेट कार्यान्वयनका लागि आवश्यक पर्ने नीति, नियमावली तथा निर्देशिकाका सबैजसो कामहरु भदौं मसान्तभित्र सम्पन्न गर्नुपर्ने बताए ।
कार्यक्रममा मन्त्रालयको समसामयिक तथा भावी कार्यदिशाका बारेमा समेत छलफल भएको थियो । छलफलका क्रममा उठेका विषयवस्तुले कार्यसम्पादन तथा योजना तथा नीति निर्माणमा सहयोग गर्ने भएकाले रिपोर्टिङमा ध्यान दिन सुझाव दिए । उनले तथ्यमा आधारित विवरणहरु निरन्तर रुपमा आफुलाई जानकारी गराउन समेत निर्देशन दिनुभएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रालयका काम नागरिक सरोकारका विषय हुने भएकोले । मन्त्री नागरिकप्रति जवाफदेही बन्न आवश्यक रहेको औल्याउदै यस्तो निर्देशन दिएको बताइएको छ ।
मन्त्रालयबाट कृषकका लागि प्रदान गरिने तालिम, सेमीनार गोष्ठीहरु बजारका ठूला होटलमा भन्दा किसानको कार्यस्थलमा सञ्चालन गर्ने योजना बनाईने मन्त्री शर्माको भनाई थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु