सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको सदस्यमा जीतबहादुर शाह नियुक्त भएका छन् । आईतबारको मन्त्रिपरिषद बैठकले सल्यान स्थायी ठेगाना भएका शाहलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसअनुसार बुधबार नियुक्ति पत्र बुझाईएको हो ।
प्रदेश योजना आयोग (गठन तथा सञ्चालन) आदेश २०७५ को दफा ३ को उपदफा २ को खण्ड ग बमोजिम आयोगको सदस्यमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद कोइरालाद्वारा हस्ताक्षरीत नियुक्ति पत्रमा उल्लेख छ ।
यसअघि प्रदेशको उपाध्यक्षमा दैलेखका योगेन्द्रबहादुर शाही र सदस्यमा सुर्खेतका ऋषि खनाल नियुक्त भैसकेका छन् । योसँगै प्रदेश योजना आयोगको पदाधिकारी सदस्यहरुको बोर्डले पूर्णता पाएको छ ।