सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका सुर्खेतका अध्यक्ष मोहन बडुवाल एमालेमा फर्किएका छन् । बुधबार बडुवाल सहितका अन्य नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।
तत्कालिन नेकपा विभाजनपछि बडुवाल माधव नेपाल नेतृत्वको समाजवादीमा लागेका थिए । पार्टी विभाजन हुनु अघि उनी एमाले जिल्ला पार्टी सचिव थिए ।
बडुवाल गत मंसिरमा सम्पन्न सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए । गठबन्धन दलहरुबीच चुनावी तालमेल भएपछि बडुवालले पार्टीबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा थिए । उनि गठवन्धन दल नेकपा माओवादी केन्द्रका विन्दमान विष्टसँग पराजित भए ।
बडुवाललाई बुधबार एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।
पार्टी प्रवेशपछि बोल्दै बडुवालले जनताको बहुदलिय जनवादको रक्षाका लागि आफ्नै घर फर्किएको जनाए ।
बडुवालसहित समाजवादी पार्टीका जिल्ला र सुर्खेतस्थित प्रदेश सदस्य, पालिकाका पदाधिकारी सदस्य, जनवर्गीय संगठन मोर्चाका केन्द्र, प्रदेश, जिल्ला तथा पालिकाका पदाधिकारी तथा सदस्य लगायतले पार्टी प्रवेश गरेको एमाले जिल्ला कमिटी सदस्य एवंम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले पार्टीमा फर्किएका सबैलाई उचित स्थान र जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरे ।