काेशी। काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाकाे बहुमत सदस्यबाट विश्वासकाे मत पाएका छन्। साेमबार भएकाे मत विभाजनबाट उनकाे पक्षमा बहुमत सदस्यकाे विश्वासकाे मत प्राप्त भएकाे हाे।
प्रदेशसभामा कुल ९३ संख्या रहेकाे छ। त्यसमध्ये आज उपस्थित संख्या ७७ रहेकाे थियाे।
मुख्यमन्त्री थापाप्रति विश्वास छ भन्ने पक्षमा ४७ मत र विपक्षमा ३० मत प्राप्त भयाे । सभामा उपस्थित संख्याकाे बहुमत पुगेकाेले मुख्यमन्त्री थापालाइ विश्वासकाे मत प्राप्त भएकाे अध्यक्ष मण्डलका सदस्य गीता तिमिल्सेनाले घाेषणा गरिन्।