सुर्खेत। हुम्लामा पहिराेले क्षती पुर्याएकाे छ। जिल्लाकाे सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ र ३ उनापानीमा शुक्रबार राति ठूलो पहिरो जाँदा लाखौंको क्षति भएको जनाइएकाे छ ।
पहिरोले पुल–पुलेसा, खेतबारी, घर र सडकहरुमा क्षति पुर्याएको छ।
स्थानीय रामबहादुर रोकायाको घरमा पहिरोले क्षति पुर्याएको स्थानीय प्रकाश ऐडीले बताए ।
रिपमा २३० घरधुरी रहेको र गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा त्यहाँ रहेका सबै गाउँले नै त्रसित बनेका छन्।
उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पुर्याएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् । खानेपानीका मुहान पुरिनुका र २५, २६ हेक्टरमा लगाइएको धान खेत पहिरोले बगाएको स्थानीय एमबी थापाले बताएका छन् ।
निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागि समेत सर्केगाड पुग्न हम्मेहम्मे परेको छ ।
जिल्लाबाट सुरक्षा निकायकाे टाेली खटिइ पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा गएको जनाइएकाे छ।