काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धनको मूल्य घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो।
अब काठमाडौँ–धनगढीको हवाई भाडा ६१५ रुपैयाँले घट्नेछ। काठमाडौँ–धनगढीको फ्यूल र्चाज ६ हजार ६२५ रुपैयाँ थियो। अ ६ हजार १० रुपैयाँ कायम भएको छ।
काठमाडौँ–सिमराको फ्यूल र्चाज १२५ रुपैयाँले घट्दै १ हजार २२५ रुपैयाँमा झरेको छ।
निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको छ।