काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेको र सो दलका कार्यकर्ताले भने सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको जानकारी गराए । उनले यो कुनै राजनीति नभई जनता भड्काउने काम भएको टिप्पणी गरे । उनले एमालेमा लागेका सबैको उद्देश्य सुखी नेपाल र समृद्ध नेपाल रहेको बताए ।