सुर्खेत । आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारद्वारा स्थानीय तहहरुलाई वित्तिय हस्तान्तरण गरिएको छ । अर्थमन्त्री प्रकाशसरण महतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम अनुसार देशभरका सबै स्थानीय तहका लागि दुई खर्ब ९५ अर्ब दुई करोड दुई लाख बजेट विनियोजन गरिएको छ ।
त्यसमध्ये समानीकरण अनुदान तर्फ ८७ अर्ब ३५ करोड २९ लाख, सशर्त अनुदान तर्फ एक खर्ब ९१ अर्ब ८९ करोड ४७ लाख, विशेष अनुदान तर्फ आठ अर्ब ७२ करोड ६९ लाख र पुँजीगत प्रकृतिको समपुरक अनुदान तर्फ सात अर्ब चार करोड ५७ लाख रुपिँया बजेट विनियोजन गरिएको छ ।
कर्णालीका स्थानीय तहको बजेट