सुर्खेत । स्थानीय तह निर्वाचनको मतपरिणाममा चित्त नबुझी पुनरावेदनका लागि अदालत पुगेका उजुरीहरु फर्स्याेट भएका छन् । उच्च अदालत सुर्खेतमा दर्ता भएका त्यस्ता सबै उजुरी फर्स्याेट भएको अदालतका प्रवक्ता एंवम् सरोजनीधि वाग्लले जानकारी दिए ।
गत बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । मतगणनामा चित्त नबुझी पुनः मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा १६ वटा उजुरी दर्ता भएका थिए । ती उजुरीमा माग गरिएअनुसारको पर्याप्त प्रमाण (फिराददावी) नपुग्दा तामेलीमा गएको प्रवक्ता वाग्लेले बताए ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार बसन्तकुमार शर्मा, दैलेखको नारायण नगरपालिका ३ का वडाअध्यक्ष पदका उम्मेदवार लक्ष्मीप्रसाद कोइराला सोही वडाका महिला सदस्य पदका उम्मेदवार टिकादेवी जैसी, दैलेखकै भैरवी गाउँपालिका ५ का वडासदस्य पदका उम्मेदवार रामेश्वर जैसी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष पदका उम्मेदवार कुलबहादुर खत्री र सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष पदका उम्मेदवार ईन्द्रप्रसाद ढकाल र यामबहादुर बिक, उजुरीकर्ता हर्के बहादुर नेपाली, मेघराज सुनार, कृष्णकुमार ढकाल, डम्मर थापा, भद्रबहादुर बिष्ट, मुक्ति प्रसाद उपाध्याय, हर्क बहादुर शाही, धर्म बहादुर नेपाली र झक्कडबहादुर गुरुङको उजुरी परेको थियो ।