सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट विश्वासको मत लिएका छन् । शुक्रबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
४० सदस्यीय प्रदेश सभामा मतदानमा सहभागी ३९ सदस्य थिए । जसमध्ये ३८ सांसदले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिए । राप्रपा सांसद सन्तोषी शाहीले विश्वासको मतको विपक्षमा मतदान गरिन् ।
गत पुस २७ गते मुख्यमन्त्री बन्नुभएका शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिनुभएको थियो । उतिबेला नेकपा एमाले र राप्रपा सहित २५ जनाले पक्षमा मत दिएका थिए ।
प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले पनि यस पटक विश्वासको मतको पक्षमा मतदान गरेको छ ।