सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति अफर गरेको खबरप्रति असहमत जनाइएको छ । उनले आठ दलीय गठबन्धनबीच आलोपालोमा नेपाललाई प्रधानमन्त्री भनिएको खबरप्रति पनि असहमति जनाइएको छ । सोमबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले असहमति प्रकट गरेका हुन् ।
राष्ट्रपति निर्वाचन लक्षित ओली र नेपालबीचको भेटवार्तामा नेपाललाई राष्ट्रपति अफर गरिएको खबर सार्वजनिक भएको थियो । ओलीले आफुलाई राष्ट्रपति अफर गरेको कुरा अहिले भन्न नसकिने र जीवनकालको आत्मकथामा लेखिने नेपालले बताए ।
आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको राष्ट्रपतिमा मनोनयन दर्ता भएको छ । गठबन्धन दलका नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा र नेपालबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको खबर पनि सार्वजनिक भएको थियो । ‘हामीले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएका छौं । उहाँ नै हो । हुनुहुन्छ ।’ नेपालले भने । तर, नेपालले आलोपालोको विषयमा आफ्नो नाम आएकोप्रति मौन असहमति जनाए ।