सुर्खेत । कर्णाली उत्सवको चौंथो संस्करण शुक्रबारदेखि सुरु हुदै छ । ऋति फाउण्डेसनका आयोजनामा प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा उत्सव सञ्चालन हुन लागेको हो ।
कुडा कर्णालीका कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा कर्णाली उत्सवलाई लिने गरिएको छ । यसलाइ कुडा कर्नालीका भन्ने गरिएकाे छ । तीन दिनसम्म सञ्चालन हुने यो उत्सवका लागि यस वर्ष ५० देखि ६० लाख रुपैँया खर्च अनुमान गरिएको ऋति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले बताए ।
यस अघिल्ला वर्षहरुमा सरकारी निकायबाट आर्थिक सहयोग लिने गरेपनि यो वर्ष कुनैपनि सरकारी निकायबाट सहयोग नलिइएको दावी गरे । ‘सरकारी निकायबाट अघिल्लो वर्ष २० लाख बराबर रुपैँया लिएका थियौं । यो वर्ष २० रुपैँया पनि सहयोग नलिने घोषणा गरेका छौं ।’ लम्सालले भने, ‘अन्य निकायहरुबाट सहयोग जुटेको छ ।’
२०७६ देखि सञ्चालन हुँदै आएको कर्णाली उत्सव यस पटक चौंथो संस्करण आयोजना गर्न लागेको हो । यसअघिका तेस्रो संस्करणसम्म करोड बढी खर्च भैसकेको छ ।
यस्तो छ कार्यतालिका
सोमबार बिहान ११ बजे उत्सवको उत्सवको उद्घाटन समारोह हुने छ । समारोहलाई कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सम्बोधन गर्नेछन् । त्यसअघि बिहान १० बजे बाजासहित ¥याली निकालिने आयोजकले जनाएको छ ।
उद्घाटन सत्रमा कर्णाली उत्सवको चौथो संस्करणसम्मको यात्रा, वीरेन्द्रनगरमा स्वागत, हामी कसरी जोडियौं, कर्णाली उत्सवदेखि लाम्रा संवादसम्म लगायतका उत्सवसँग सम्बन्धित विषयमा यसमा जोडिएका व्यक्तिहरूबाट प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
जुम्लाको तातोपाली गाउँपालिकाका स्थानीयहरूको पञ्चेबाजा पनि प्रस्तुत हुने छ ।
उत्सवको पहिलो दिन सोमबार ६ वटा बहसमूलक सत्र सञ्चालन हुनेछन् । जसमा कर्णाली चिन्तन, कर्णाली खेल्दोछ, यो सहरः त्यो सहर, भोट–भेट, शिक्षा र समर्पण रहेका छन्। सत्रहरूको बीचमा ‘पैकेलो’ (कुनै व्यक्तिले आफ्नो कथा आफैं भन्ने) रहनेछ ।
पैकेलो उत्सव अवधि तीन दिनमा हरेक दिन एउटा हुनेछ ।
उत्सवको दोस्रो दिन शनिबार दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताको पाँच वर्ष, कति विस्मात, कति हर्ष, कर्णाली नदी प्रणाली र कर्णालीमा लगानी सत्र सञ्चालन हुनेछन् ।
यस्तै उत्सवको तेस्रो अर्थात् अन्तिम दिन रूपान्तरणः पुस्तान्तरण, सग्लो समाज, सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडौंसम्म सत्र सञ्चालन हुनेछन् ।
उत्सवको चौथो संस्कराणको पहिलो र दोस्रो दिन दुइटा विद्वत प्रवचन पनि रहने आयोजकले जनाएका छन् । पहिलो दिन निर्वाचन र लोकतन्त्र विषयमा प्रवचन रहनेछ भने दोस्रो दिन विकास र सुशासन विषयमा हुनेछ ।
उत्सवको तीन दिनसम्म अन्तिममा कर्णाली कन्सर्ट सञ्चालन गरिनेछ। जसअन्तर्गत पहिलो दिन सांगीतिक साँझ, दोस्रो दिन कविता साँझ र तेस्रो दिन गजल सन्ध्या चल्नेछन् ।
उत्सवमा देशभरबाट ५० जनाभन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरू अतिथि वक्ताको रूपमा सहभागी हुने आयोजकले जनाएको छ ।
यसपटकको उत्सवमा आएका पाहुनासँग सञ्चारकर्मी तथा पत्रकारहरूलाई कुरा गर्न सहज होस् भन्ने हेतुले ‘मिडिया मैडो’को पनि व्यवस्था गरिएको छ ।