सुर्खेत । पञ्चपुरी नगरपालिकाका किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । नगरपालिकाको वडा नं. ५ बाबियाचौरका २५ जना किशोरीलाई आवाज संस्थाको आयोजनामा आत्मरक्षा तालिम दिइएको हो । यसमा टिजिएच जर्मनीको सहयोग रहेको छ ।
उनिहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्मरक्षा तालिममा सहभागी गराइएको हो ।
नगरप्रमुख लालविर भण्डारीले पञ्चपुरी नगरपालिकामा महिलाबालबालिकाहरु माथि हुने हिंसाहरु बढिरहेको परिस्थितिमा किशोरीहरुको कम्जोर मानसिकतालाई परिवर्तन गर्न, किशोरीको डर हटाई आत्मविश्वासि बन्न, कठिन परिस्थितिमा पनि नडराई कार्य गर्न केन्द्रित गर्न र हिंसाको विरुद्धमा प्रतिरोध गर्न तालिमले टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनहरुमा भौतिक विकासलाई मात्र नभएर महिला, बालबालिका, किशोरीहरुका साथै लक्षित वर्गको क्षमता विकास गर्ने कार्यक्रमहरुमा जोड दिने लक्ष्य राखिएको जनाए ।
५ दिने तालिमको सहजकर्ता सुर्खेत जिल्ला आशा सञ्जालको पूर्व अध्यक्ष सजना सुनारले गर्नेछिन् ।
किशोरी अधिकारको संरक्षण गर्दै यौन शोषण, दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि आफुलाई सुरक्षित राख्न सीपयुक्त तालिम प्रदान गरी थप सशक्त, सक्षम र आत्मविश्वास वृद्धि गराउन खोजिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशीलकुमार कार्कीले जानकारी दिए ।