सुर्खेत। नेकपा एमालेका नेता यामलाल कँडेल सुर्खेत-२ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतले पराजित गर्दै जित हात पारेका हुन्।
कँडेलले १८ हजार ५६१ मत पाएका छन्।
कांग्रेसबाट उम्मेदवार शाक्यले १८ हजार ४०० मत पाएका छन्। प्रदेश सभामा निर्वाचित कँडेल यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य थिए। उनी नेकपा एमालेको स्थायी समिति सदस्य हुन्।

 
         
         
         
         
         
         
         
        
