काठमाडौं। दैलेखमा निर्माण हुने अपर लाेहरे हाइड्रोपावर कम्पनी लिमिटेड धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ।
आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले १३ असोजमा आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।
कम्पनीले सर्वसाधारणलाई २ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ।
कम्पनीले दैलेखको माथिल्लो लोहरे खोलामा ४ मेगावाट जडित क्षमताको अपर लोहरे खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत ८२ करोड रुपैयाँ रहेकाे छ।
आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।