सुर्खेत। सल्यानमा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका डिल्लीबहादुर बुढाथोकी र प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका एकराज डाँगीले उम्मेदवारी फिर्ता लिएका हुन्।
दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभा र दुई क्षेत्रको प्रदेशसभातर्फ १८ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा २० जनाले उम्मेदवारी दिएका थिए।