परिचय
नेपाल प्रकृति सम्पदाले भरिपूर्ण सौन्दर्यताको क्रिडा स्थल हो । हजारांै खोलानाला ताल तलैया भञ्ज्याङ् डाँडाकाँडाको अनुपम सुन्दरताको खानीस्थल हो। विभिन्न खोंचले नेपालको गौरवलाई थप चुलीमा एक–एक गर्दै इट्टा थप्ने काम गरेको पाइन्छ । त्यस्तै अनेकौं सम्भावना ढोकाहरुले दैलेख जिल्ला महत्त्वपूर्ण जिल्ला मानिन्छ । नेपालको काठमाडौं लुम्बिनी पछिको धार्मिक संस्कृतिक सम्पदाले भरिपूर्ण तेस्रो जिल्ला दैलेख भएको दावी गर्न सकिन्छ । दैलेख जिल्ला प्राकृति स्रोत साधनका हिसाबले पनि उतिकै धनी जिल्ला हो ।
पर्यटकीय आकर्षण र प्रचुर सम्भावनाका मूलहरु रहेको पालिका हो ठाटिकाँध गाउँपालिका । यो पालिका दैलेखको पश्चिमी भेगमा अवस्थित छ । उत्तरतर्फ दैलेख र कालिकोटको शुभकालिका गाउँपालिका सिमाना तीनचूले लेक र बुकी लेकले नजर जुदाउँदै आगन्तुकहरुकै प्रतिक्षामा रहेको छ । पूर्व र दक्षिणतर्फ चामुण्डाबिन्द्रासैनी र पश्चिममा आठबिस नगरपालिकाको बिचमा ठाटिकाँध पर्दछ । यसै ठाँटिकाध गाउँपालिका तिनमा पर्छ दैलेखको ठूलो ताल मदान ताल ।
भौगोलिक हिसाबले नमिलेको भएता पनि यहाँका सुन्दरताका मुहानलाई तुलना गर्ने छुटै स्थान छैन । खोला नाला, झरना, वन जंगल, जीवजन्तु, जडिबुटी हावापानीका साथै प्राकृति स्रोतले पालिका सम्पन्न छ । ठाटीकाँधभित्रका मुख्य आकर्षणको रुपमा मदान ताल, नाके गुफा, थुलिछडी झरना, बिजारेचौर, भिम पाइला लगाएतका थुप्रै क्षेत्रहरू तहेका छन ।
मदानतालको महत्व र आकर्षण
पर्यटकीय स्थानमध्ये निकै सम्भावनाको केन्द्रविन्दुको रुपमा मदान ताल ठाटिकाँध गाउँ पालिकाको मात्र नभएर समग्र दैलेख जिल्लाकै आकर्षणको रुपमा रहेको छ । मदान ताल सौन्दर्यको अदभूत स्वभावले भरिपुर्ण रहेको छ । नजिकैको स्थानीय बजार पुगेपछि करिब तीस मिनेटक पैदल यात्रामा मदानताल पुग्न सकिन्छ । यो ताल दैलेख जिल्लाकै सबैभन्दा ठूलो प्राकृति ताल हो । जसको लम्बाई करिव पाँच सय मिटर र चौडाइ करिब तीन सय मिटर रहेको छ ।
प्राचिन इतिहास र भनाईअनुसार यस क्षेत्रमा देवीको उत्पती भई उनकै शक्तिको कारण तालको निर्माण हुन पुगेको धार्मिक विस्वास रहेको पाइन्छ । वरिपरिका चारै तिर अग्ला अग्ला डाँडाकाँडा ठूलो घना जंगलको बिचमा रहेको समथर मैदानको बिचमा रहेको छ । पुर्वी क्षेत्रमा खुड्खुडी र दक्षिण पश्चिम क्षेत्रमा मौभेरी दुइवटा गाउँको शिरमा ताल रहेको छ । तालको दायाँ र बायाँ चुल्ठो बाट बग्ने भुतगाड र रामगाड खोलाले सौन्दर्यमा रंग भर्ने प्रयास गरेको देख्न सकिन्छ ।
भौगोलिक हिसाबले जिल्ला सदरमुकाम देखि निकैनै टाढा रहेको पश्चिमी क्षेत्रमा पर्ने ठाटिकाँध गाउपालिका वडा नं ३ मा यो ताल अवस्थित छ । संघीय संरचना लागू हुनु पुर्व साबिकको बिसाला गाविसमा यो ताल पर्दछ । जिल्ला सदरमुकाम देखि करिव १८÷२० कोस टाढा र भौगोलिक कठिनाईका कारण विकासका साथै उचित प्रचार प्रसारको अभावमा यो क्षेत्र गुज्रीन पुगेको थियो । संघीयता पछि स्थानीय सरकार निर्माणकै प्रभावले होला त्यस क्षेत्रको थोरै मात्रामा मुहार फेरिन पुगेको अनुमान गर्न सकिन्छ । अन्य थुप्रै प्राकृति सम्पदा प्राकृति फ्रीज बाट निस्केको कलकल बग्ने स्वच्छ कञ्चन पानी र जंगल बाट निश्चल बहने सिरसिर सिलत हावा अनि विभिन्न जिवजन्तु का सथै चराचुरुङ्गीको कोकिल आवजले यो क्षेत्र मुख्य आकर्षण हुन् । यिनै विषेशताले जो कोहिको मनै लोभ्याउने गर्दछ ।
मदान ताल पुगेपछी तालको नजिकै रहेको मन्दिर को दर्शन गर्न सकिन्छ । वरिपरि समथल चौरको बिचमा डाँडो परेको भागमा रहेको मन्दिर परिसर बाट आसपासका विभिन्न गाउँ का साथै डाँडाकाडा हरुको दृश्यावलोकन गर्न सकिन्छ । वसन्तमा फुल्ने अनेकौ फुलहरुले जंगलको शोभा बढाउनुको साथै सुनमा सुगन्ध थप्ने काम गर्दछन । यस ताल वरिपरिको जंगलमा पाइने विभिन्न जडिबुटी जस्तैः सतुवा, पाँच औले, पदम चाल, सेलपाडु, कालडकार लगायतका थुप्रै जडिबुटी प्रप्त गर्नुका सथै अवलोकन गर्न सकिन्छ । घरको छानो (छत) जस्तै रुखहरुका पात हरुले एकनास छाएको जंगलको दृश्य निकै नै मनमोहक रहेको छ । घुम्न आउने जो कोहिलाई मोहनी लगाइ मोहित गर्ने पल्लवीले जिम्मा लिएको पाइन्छ । यहाँ पुगेका जो कोही प्रकृतिको सिल्पको कारण भएको यो संयोग लाई अवलोकन गर्न पाउँदा मन्त्रमुग्ध हुने गर्दछन ।
तालको वर्तमान अवस्था विगतको भन्दा निकै नै परिवर्तन देख्न सकिन्छ । आफ्नो छुटै परिचयको खोजिमा रहेको यस तालले अपार सम्भावनाको आवज गुन्जाएको छ । सुनसान लेकमा जंगलको बिच भागमा रहेको तालको अवलोकन गर्ने हरुको चहलपहल हुन थालेको पाइन्छ । यस क्षेत्रमा विशेष गरेर दैलेख जिल्लाका विभिन्न पालिका हरुबाट पिक्निक आयोजना गरि जाने गरेको पाइन्छ । प्रकृतिमा रमाउन चाहाने कालिकोट, बर्दिया, कैलालीका साथै छिट्फुट रुपमा सुर्खेत बाट मानिसहरु भ्रमण गर्न जाने गर्दछन ।
अन्य आकर्षण केन्द्र
मदान ताल सँगै यसको नजिकै घना जंगलको बिचमा रहेको आश्चर्य जनक गुफा नाके गुफा रहेको छ । ताल देखि करिब चार ÷ पाँच किलो मिटरको जंगल को पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । यात्रा निकै नै हुटहुटी लाग्ने उर्जावान हुने गर्दछ । वातावरण चिसो भए पनि मनलाइ सजिलै पगाल्न सक्ने, मन लाई द्रवीभूत पार्ने गर्द छ ।
जंगल यात्राका क्रममा कुनै संगित नफुर्ने मानिसलाई पनि सुरिलो स्वरमा आवज निकाल्ने उराठ लाग्गो सन्त र गम्भीर वातावरणलाई छिचोल्दै जानुको मज्जानै भिन्नै किसिमको हुने गर्छ । साथमा चरा चराचुरुङ्गी को आवज विभिन्न जंगली जनावरको आवजले त्यो सान्त वातावरण लाई भंग गर्दै स्वरमा स्वर मिलाएको क्षण निकै नै हृदय स्पर्शी र भावुक रहेको हुन्छ । जो कोहि होस कुनै नया कल्पना र सिर्जनाका छाल हरु उथलपुथल हुने गर्दछन । यो वातावरणले हरेक जोकोहिलाइ साहित्यकार बनाउछ, कसैलाइ संगितकार त कसैलाइ प्रकृति प्रेमी बनाउने गर्दछ । स्वर्गीय आनन्दको अनुभिती दिलाउन सक्ने क्षमता भएको यस ठाँउमा पुग्न सके देवपुरी को बगैंचालाई स्मरण गर्ने कुनै विकल्प देख्न सकिँदैन ।
सम्भावना र चुनौती
पर्यटकीय हिसाबमा दैलेखकै महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र मध्य एक महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । शान्त स्वच्छ र मनोरम वातावरणका कारण थप सम्भावनाको बाटोलाइ थप मजबुत बनाएको पाइन्छ । विभिन्न जीव जन्तु खनिज तथा प्राकृति सम्पदा धर्मिक सम्पदाको अवलोकनको लागि प्रचुर भविस्य बोकेको छ । ताल लगायतको अन्य प्राकृति सौन्दर्य ले मत्रमुग्ध पर्ने जादु भएको तालको उपयुक्त प्रचार प्रसार गर्न सके सुनौला अवसर हरु भित्र्याउन सकिने सम्भावना बलियो रहेको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई घुम्न र बास बस्नको लागि आवस्यक पर्ने सुबिधा सम्पन्न होटेल रेस्टुरेन्ट तथा होमस्टे सन्चानल गर्न सके पर्यटनका साथ साथै स्वरोजगार र व्यावसायको विस्तार गर्न सकिने छ । तालको उपयुक्त सुधार गरि पानीलाइ सहि व्यवस्थापन गर्न सके ताल लाइ आधार बनाएर जलविद्युत उत्पादन गरि गाउँलाइ झलमल्ल पर्न सकिने सम्भावना पनि नभएको हैन । ताल आसपासमा व्यावसायिक तरकारी खेती गरि प्रसस्त उत्पादनको सम्भावना रहेको छ । तल नजिकै रहेको स्थान बाट बहाँकोट बजार केन्द्र बनाइ प्याराग्लाइडीन मार्फत गाउँको विभिन्न चिज बस्तुका साथै बस्ती को अवलोकन गर्ने र आनन्द लिन सक्ने सम्भान रहेको छ ।
प्रचुर सम्भावना हुदाहुँदै भौगोलिक कारणले केही चुनौती पनि रहेका छन । यस क्षेत्रको मुख्य चुनौतिको रुपमा बेमौसमी सडक यातायात रहेको छ । विभिन्न खोला नालाका कारण यातायातमा बाधा हुने गर्दछ । खोलाहरुमा पुलपुलेसाको निर्माण नहुँदा मुख्य बाधक बनेका छन । यश ठाउँ सम्म पुग्नको लागि बर्षातको करिब चार महिना सम्भावना शुन्य नै रहन्छ । यसको मुख्य कारण नै भुतगाड खोला पक्की पुल नबन्नु रहेको छ । पहाडी भेग भएकाले अधिक पानी पर्ने र बाटो हरु भन्किने पुरिने समस्या बर्सेनि यहाँको यात्रा गर्ने यात्रुहरुले झेल्दै आएको प्रमुख समस्या हो । विगतको समयलाइ हेर्दा हाल त्यो कठिनाई लाई केही मात्रामा परिवर्तन भएको पाइन्छ ।
कसरी पुग्न सकिन्छ यहाँ ?
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर देखि करिव छ घण्टाको यात्रा पश्चात् सहजै रुपमा त्यहाँ पुग्न सकिन्छ । कर्णाली राजमार्ग को करिव चार घण्टाको यात्रा पश्चात् आठविस नगरपालिकाको रामघाट बजार पुगे सँगै राजमार्ग देखि भित्र करिब दुई घण्टाको यात्रामा विभिन्न खोला खोल्सा र डाँडा दृश्यको अवलोकन गर्दै त्यस तालमा पुग्न सकिन्छ । त्यहाँ पुग्ने अर्को विकल्पको मार्गको रुपमा दैलेख दुल्लु डाँडिमाडी भैरवी चामुण्डा हुँदै पुग्न सकिन्छ । तर यो मार्गलाई प्रयोग गरेर जान निकैनै सास्ती बेहोर्नुपर्ने अवस्था रहेको छ । ठाँटिकाध गाउपालिका केन्द्र देखि करिब एक घण्टाको दुरिमा यो ताल पर्दछ ।
अवलोकन भ्रमणका क्रममा मदान ताल मात्र नभई यस क्षेत्रमा पर्ने विभिन्न मनोरम दृश्यको अवलोकन गर्दै आनन्द लिन सकिन्छ । फेदिमा रहेको स्थानिय बहाँकोट बजार देखि अगाडि मौभेरी गाउँ पुगेपछी करिव तीस मिनेटको उकालो बाटो पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । जंगलमा पाइने जनावर र चराचुरुङ्गीको सुमधुर स्वर सँगै दैलेख जिल्लाका विभिन्न गाउँ वस्तिको यात्राको क्रममा सहजै अवलोकन गर्न सकिन्छ । तालको अवलोकन पश्चात् थप आनन्द लिनको लागि घना गंगलको बिचमा रहेको नाके गुफाको अवलोक गर्दै स्वर्गीय आनन्द लिन सकिन्छ । उत्तरमा रहेको कालिकोटको सिमानामा पर्ने नाङ्गे र तिनचुले लेकको अवलोकन गर्न सकिन्छ । विभिन्न जीव जन्तु जडिबुटी तथा वनस्पतिको प्रत्यक्ष दृश्य अवलोकन गर्न पाउनु सौभाग्यको कुरा हो ।
राज्यका निकायको नजर
आकर्षक क्षमता विगतका दिनहरुमा त्यसै क्षेत्र बाट राज्यको महत्त्वपूर्ण स्थानमा नेतृत्व क्षेमता भएका राजनितिज्ञको जन्म भए पनि त्यसमा कसैको चासो र ध्यान जान सकेन । न त जिल्लाबाट नै महत्त्व दिइएको थियो । २०७४ सालको स्थानिय तहको निर्वाचन पछि जति विकास र परिवर्तन हुनुपर्ने थियो त्यति हुन सकेन । यो केवल स्थानिय तहले मात्र सम्भावना थिएन । यस क्षत्रले प्रदेश सरकार बाट पनि केही सहयताको अपेक्षा गरेको थियो ।
निर्वाचन ताका केन्द्र र प्रदेश संसदमा प्रतिनिधित्व नेतृत्वले नै विभिन्न वचन दिए । गाउँ घुमे तर विजयी भएर गए पछि योजना बनाइ कार्यनयन प्रक्रिया गर्ने त कुरै छैन फर्केर हेर्ने फुर्सद समेत भएन । न त स्थानिय तह बाटनै सोचे अनुरुप योजना बन्न सके । सामन्य रुपमा स्थानीय तह बाट विनियोजन गरिएको सामान्य टुक्रे बजेटले पालो पालो गर्दै काम गर्नुपर्ने दयनिय अवस्था बन्यो । चुनावमा नारा नै मदानताल हरेकको बन्ने तर बजेटको लागि औंला उठाउनुपर्ने परिस्थिति पनि भोग्नुपर्यो । आत्म शुद्धताका लागि पालिका मार्फत सानो सानो बजेटले हाल तालको संरक्षण को लागि सामान्य घेरबारको काम सम्पन्न भयो । घुम्न जाने पाहुनालाई कुनैपनी समयमा समस्या नहोस् भनी पालिका र ग्ल्म्ए संस्थाको सहकार्यमा यसै वर्षको बजेट विनियोजन गरि तीन कोठे पक्की भवनको निर्माण ले केही आकर्षण थपेको छ ।
ताल नजिकै रहेको मन्दिरको पुनःनिर्माण र व्यवस्थापन गरिनुले पनि सौन्दर्यमा केही डिको लगाएको छ । सामान्य प्रायास भएता पनि जति सम्म अपेक्षा देखाइएको थियो सो अनुसार कसैले पनी स्पष्ट कार्ययोजना बनाउन असफल देखिएका छन । कुनै संरचना निर्माण देखि मर्मत सम्भारको काममको लागि विदेशी तथा विभिन्न विदेशी संघ संस्थाको सहयोगको अपेक्षा जहिले कायम नै रहयो । चाहे त्यो तालमा हाल्ने कुरा होस् चाहे त्यो ताल घेरबार देखि मन्दिर र भवन निर्माण होस् ।
सम्भावना
मदान ताल केवल ठाटिकाँध गाउपालिकाको सरोकारको विषय हैन । समग्र जिल्लाकै गौरव प्रदेशको गौरव हो । पहिचान हो । यदि यसको बिकासमा संरक्षणमा र प्रचारप्रसारले प्रदेश स्तर देखि स्थानिय निकायसम्मको समन्वय र साझेदारी गरेर बढ्न सके मुहार बदल्न कुनै नौलो सपना हैन । त्यसको लागि पालिकाले उपयुुक्त योजना निर्माण गरि प्रदेश सँग सहकार्य गर्नु आवस्यक छ । यसका लागि बिशेष योजाना बनाइ मौभेरी देखि मदानताल सम्मको करिव तीन किलोमीटर पैदलमार्गमा रेलिङ्ग सहितको पक्की स्टेप निर्माण गर्न आवस्यक रहेको छ । जसले पैदल बाटो राम्रो हुनुका सथै आवश्यक बुट्टा भर्नमा सहयोग गर्न सक्छ । ताल सम्म सहज आवतजावत गर्न सकिने गरि बाह्रै चल्ने सडक यातायात को बिकास गरि गर्न सके पर्यटन प्रबर्द्धन गर्न सहज देखिन्छ ।
सूचना र संचारको तिब्र बिकास भैरहेको यस परिस्थितिमा प्रचार प्रसारमा ध्यान दिन सके समग्र दैलेखकै भाग्य र भविष्य निर्धारण हुनेमा कुनि दुइ मत छैन । बिकास र उत्थानमा साच्चिकै ध्यान दिनेहो भने स्थानिय सरका र प्रदेश सरकार ले आवश्यक ध्यान पुर्याउन सरोकारवाला सबैको ध्यान जान जरुरी देखिन्छ ।