सुर्खेत। सडककाे नापी किताब र बिल तयार गरिदिएवापत ५० हजार घुस रकम लिने इन्जिनियर विरूद्व अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले मुद्दा दायर गरेकाे छ। राेल्पाकाे गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीविरूद्व विशेष अदालतमा आज बिहिवार मुद्दा दायर भएकाे हाे।
इन्जिनियर डाँगीले मोटरबाटो निर्माण योजनाको नापी किताब, बिल तयार गरिदिएवापत सेवाग्राहीसँग ५० हजार घुस रिसवत लिएका थिए। उनलाइ असार २४ गते अख्तियारले नियन्त्रणमा लिएकाे थियाे। पक्राउ गर्ने क्रममा इन्जिनियर डाँगीलाइ खानतलासी गरी ३ लाख ५६ हजार ५ सय रूपैयाँ बरामद गरिएकाे थियाे।
इन्जिनियर डाँगीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०को कसुरमा बिगो रु. ४ लाख ६ हजार पाँच सय कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जरिवाना र ऐनको दफा ३ को उपदफा ९१० को खण्ड (घ) बमोजिम कैद सजाय हुन तथा निजबाट बरामद भएको रकममध्ये रु. ३ लाख ५६ हजार ५ सय सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम जफत हुनसमेत मागदावी लिई विशेष अदालतमा आराेप पत्र दायर भएकाे हाे।