सुर्खेत। जिल्ला न्यायाधीशहरुको सरुवा भएको छ। न्याय परिषद्को आज बसेको बैठकले जिल्ला न्यायाधीशहरुको सरुवा गरेको हो। सरुवामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका जिल्ला न्यायाधीशहरुको समेत सरुवा भएको छ।
सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार कार्कीको सप्तरी जिल्ला अदालतमा सरुवा भएको छ भने सुर्खेतमा विष्णुप्रसाद अर्याल र मनोज श्रेष्ठ सरुवा भै आएका छन्। अर्याल पर्सा र श्रेष्ठ मकवानपुरबाट सरुवा भै आएका हुन्। यद्यपी श्रेष्ठ सुर्खेतमै काजमा कार्यरत थिए।
दैलेख जिल्ला अदालतमा रुपन्देहीबाट बलराम लम्साल आएका छन् भने दैलेखका दण्डपाणी लामिछाने सिराह सरुवा भएका छन्।
जुम्लामा जिल्ला अदालतमा काठमाण्डौबाट विष्णुप्रसाद गौतम आएका छन् भने जुम्लाका शिवप्रसाद खनाल लमजुङ जिल्ला अदालत सरुवा भएका छन्।
मुगु जिल्ला अदालतमा झापाबाट दिलकुमार बर्देवा र मुगुका पुण्यप्रसाद सापकोटा सुनसरी सरुवा भएका छन्।
रुकुम जिल्ला अदालतमा खड्ग बहादुर केसी पाल्पाबाट र रुकुमका विद्याराज पौडेल पर्सा सरुवा भएका छन्।
सल्यानमा गिरीराज गौतम सिराहबाट सरुवा आएका छन् भने, सल्यानका कुलप्रसाद पाण्डे दाङ सरुवा भएका छन्।
कालीकोट जिल्ला अदालतमा भरत लम्साल कञ्चनपुरबाट र कालीकोटका लालकाजी श्रेष्ठ सप्तरी सरुवा भएका छन्।
हुम्ला जिल्ला अदालतमा सुर्खेतबाट दिलप्रसाद सापकोटा र हुम्लाका जगतबहादुर पौडेल दाङ सरुवा भएका छन्।
डोल्पा जिल्ला अदालतमा बाबुराम सुवेदी रौतहटबाट र डोल्पाका केशवराज चपाई जाजरकोट जिल्ला अदालतमा सरुवा भएका छन्।
रुकुमकोटमा श्यामलाल घिमिरे प्यूठानबाट सरुवा आएका छन् भने रुकुमकोटका सनतचन्द्र लवत बाँके जिल्ला अदालतमा सरुवा भएका छन्।
सरूवा सूची हेर्नुहाेस्: