सुर्खेत। टिकटक बनाउने क्रममा डुंगाबाट खसेर तालमा डुबेर एक जना वेपत्ता भएका छन्। सल्यानको कुपिण्डे तालमा डुबेर कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसिपुर उपमहानगरपालिका ६ बस्ने अन्दाजी ३२ वर्षीय बेदबहादुर बस्नेत बेपत्ता भएका हुन्।
बाबियाचाैर प्रहरी पाेष्टका अनुसार टिकटक बनाउने क्रममा ढुंगाबाट चिप्लिएर खस्दा बस्नेत वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यान र बाबियाचौर प्रहरी पोष्टबाट खटिएकाे टोलीद्वारा बेपत्ता भएका युवाको खोजी कार्य भैरहेकाे बाबियाचाैर प्रहरी पाेष्टका प्रहरी सहायक निरीक्षक सनत कुमार शाहले जनाए।
बस्नेत मंगलबार वैदेशिक रोजगारीको शिलशिलामा दुबईमा चिनजान भएका धादिङको खानीगाउँ गाउँपालिका ३ घर भएका ३२ वर्षीय मुलबहादुर तामाङलाई लिएर कुपिण्डे ताल घुम्न आएका थिए।