सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास ऐन संशोधन गर्न प्रस्ताव पेश भएको छ। सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सभामा संशोधन प्रस्ताव टेबुल गरेका हुन्।
ऐनमा खेलकुद विकास समितिको सदस्य सचिवको पारिश्रमिक तोक्न संशोधन प्रस्ताव राखिएको मन्त्री बुढाक्षेत्रीले जनाए। उनले ऐनमा सदस्य सचिवको पारिश्रमिकका विषयमा स्पष्ट व्यवस्था लगायतका अन्य बुँदाहरुमा संशोधन गर्न प्रस्ताव राखिएको बताए ।

 
         
         
         
         
         
         
         
        
