काठमाडाैं। कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ। महँगी र कालोबजारी नियन्त्रणलगायत माग राखेर अध्यक्ष थापासहित राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएका हुन्।
राप्रपा नेपालले धर्म निरपेक्षता र प्रदेश संरचना खारेज गर्न पनि माग गरेको छ।
साथै भ्रष्टाचारीलाई कारबाही गर्न, रोजगारीको ग्यारेन्टी गर्न, विदेशी हस्तक्षेप बन्द गर्न र सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।