दैलेख। पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएकाे छ। दैलेखकाे दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी नौ वर्षीया अनिता महतको मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली नदी छेउमा कर्णाली कोटछाल लिफ्टिङ सिँचाई आयोजनाले निर्माण गरेको ट्याङ्कीमा डुबेर मृत्यु भएकाे हाे।
मृतक दुवैको पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा राखिएको छ ।
स्थानीयले ट्याङ्की निर्माण गर्ने ठेकेदारको लापरवाहीको कारण उनीहरुको ज्यान गएको आरोप लगाएका छन् ।