सुर्खेत। कालिकोटको शुभकालिका गाउँपालिकाले करार कर्मचारीलाई हाजिर नहुन भनेको छ। कार्यालयले असार २४ गते पत्राचार गर्दै करार थप नगर्ने जानकारी गराएको हो।
गाउँपालिका मातहत रहेका स्वास्थ्य शाखाका अहेव, अनमी, नर्स, ल्याव कर्मचारी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखाकाका अनुदानका प्राविधिक सहायक नायव प्राविधिक सहायक, करार शिक्षक, वडा कार्यालयका सहयोगी, गाउँ कार्यपालिका कार्यालयमा कार्यरत करार सबै कर्मचारी लगायतलाई साउन १ गतेदेखि हाजिर नहुन पत्राचार गरेको हो।