काठमाडौँ । सांसद लक्ष्मी चौधरीले गेटा मेडिकल कलेजलाई सरकारले चाडै संचालनमा नल्याए आन्दाेलन गर्ने चेतावनी दिएकी छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बाेल्दै उनले सरकारविरूद्ध त्यहाँका जनता सडकमा आउने र त्यसबाट पर्न गएकाे क्षती सरकारले व्यहाेर्नुपर्ने बताइन् ।
‘सुदुरपश्चिममा गेटा मेडिकल कलेज छ । जसको नब्बे प्रतिशत भौतिक संरचना तयार भएको छ। त्यो मेडिकल कलेज अहिलेसम्म संचालन हुन् सकेको छैन तर प्रधानमन्त्रीज्युको जिल्ला डलेल्धुरामा अहिले मेडिकल कलेज खोल्ने कुरा कसरी आयो।’ सांसद चौधरीले भनिन्, ‘डलेल्धुरामा मेडिकल कलेज खोल्ने कुराको म बिरोधी हैन तर एउटा प्रदेशमा एउटा कलेज छ त्यो संचालन हुन् सकेको छैन । त्यो संचालन भएपछी त्यहाँका जनतालाई अर्को मेडिकल कलेजको आवश्यकता महसुस भएको खण्डमा अर्को खोल्नुपर्नेमा त्यस्तो देखिएन।’
उनले छात्रवृतिमा पढेका डाक्टर कहाँ छन् भन्दै संसदमा प्रश्न गरिन् । ‘सरकारको लगानीमा हामीले डाक्टर पढ्न विदेश पठाउछौ तर ति डाक्टर कहाँ छन्। के ति डाक्टरले साच्चिकै हाम्रो देशका बझाङ्ग बाजुरा जस्ता दुर्गम ठाउँमा गएर सेवा दिएका छन् छैनन त्यसमा सरकारको ध्यान गएको छ कि छैन ?’ उनले भनिन्, ‘हामीले उत्पादन गरेका डाक्टर गरेका कहाँ छन् विदेश पलायन छन् कि कुन कुनामा छन् त्यसमा स्वास्थ्य मन्त्रालयले ध्यान दिओस म अनुरोध गर्न चाहन्छु ।’