सुर्खेत । कर्णाली प्रदेश आर्थिक कार्यविधि विधयेक, २०७८ दोस्रो पटक संशोधनका लागि सभामा पेश भएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आज बसेको प्रदेश सभा बैठकमा विधेयक संशाेधनका लागि पेश गरेका हुन् ।
विधेयक संशोधनका लागि छलफल समेत भएको छ । प्रदेश सभा सदस्य रातो कामीले छलफलमा भाग लिएका थिए । उनले संशोधनका लागि सकारात्मक भएको टिप्पणी गरे ।
विनियोजन विधेयक पेश गर्नु अगावै आर्थिक कार्यविधि ऐन र प्रि बजेट छलफल गरि बजेट निर्माण प्रक्रियालाई सहज बनाउने भएकोले यसको संशोधन गरिएको मन्त्री विष्टले जानकारी दिए ।
साथै, विधेयक सभाबाट सर्वसहमतिले पारित भएसँगै अर्थ तथा प्राकृतिक व्यवस्था समितिको प्रतिवेदन अनुसार विधेयक संशोधन भएको छ ।
प्रदेश सभा बैठक जेठ १३ गते शुक्रबार दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको छ ।