सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाले टोलफ्रि नम्बर सुचारु गर्ने भएको छ । नागरिक र स्थानीय सरकारबीचको संवाद बढाउन टोल फ्रि सेवा सुचारु गरिने भएको हो ।
नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गणेश कुमार शाहीले शुक्रबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् । नगरप्रमुख शाहीसहित नगरउपप्रमुख मनसरा कुमारी शर्माले पदभार ग्रहण गरेकी छन् ।
नगरपालिकामा शुशासनमा सुधार गर्न नागरिकको गुनासो, सुझाव र प्रतिक्रिया लिन सहज हुनेगरि टोल फ्रि नम्बर सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख शाहीले जानकारी दिए ।
‘यो नगरपालिका भौगोलिक रुपमा विकट भएकोले यातायातको सरल पहुँच छैन । नगर सदरमुकामबाट टाढा र छरिएको बस्ती धेरै भएकोले नागरिकलाई नगरसंग सिधै आफ्ना गुनासो राख्न टोल फ्रि नम्बर सञ्चालन गर्न लागिएको हो’ नगरप्रमुख शाहीले भने ।
नेपाल टेलिकमसँगको सहकार्यमा टोलफ्रि नम्बर सञ्चालनमा आउने छ ।