काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता विपरित चुनावी सभामा सभालाई सम्बाेधन गर्न लागेकाे भन्दै उनिविरुद्ध उजुरी परेकाे हाे ।
बिहीबार भरतपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न चितवन जान लागेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले अधिवक्ता सुनिता अधिकारीले देउवाविरुद्ध उजुरी दिएको जानकारी दिए ।
नेपाली कांग्रेस चितवनले पार्टी सभापतिकको हैसियतमा देउवा चितवन जान लागेको जनाएको छ।