भेरीगंगा । भेरीगंगा नगरपालिकामा दुई जनाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसका आधिकारीक उम्मेदवारलाई जिताउने समर्थन गर्दै उम्मेदवरि फिर्ता लिएकाे जनाएका छन् ।
व्यक्तिभन्दा पार्टी प्रधान हुने भन्दै कांग्रेसका आधिकारीक उम्मेदवारलाई जिताउन उम्मेदवारी फिर्ता लिएकाे उनिहरूकाे भनाइ छ ।
भेरीगंगा नगरपालिका–३ मा वडाअध्यक्ष पदका स्वतन्त्र तर्फका उम्मेदवार पदमबहादुर खड्का र भेरीगंगा नगरपालिका–४ मा वडा सदस्य पदका स्वतन्त्र तर्फका उम्मेदवार पूर्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका हुन् ।
उनिहरु दुबैजनाले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन आफुहरुले उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् ।
वडाअध्यक्ष पदका उम्मेदवार खड्काले सोमबार एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक प्रक्रियाबाटै नै वडाअध्यक्ष उम्मेदवारी दिएको र त्यही प्रक्रियाबाट पार्टीको सिद्धान्त र विधि अनुसार उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
यस्तै, स्वतन्त्र तर्फबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका सदस्य पदका उम्मेदवार खड्काले नेपाली कांग्रेस पार्टीप्रतिको लगाव, स्नेहले आफुहरुभित्र भएको असमझदारीलाई अन्त्य गरि पार्टीका आधिकारीक उम्मेदवारलाई जिताउन आफुले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।
उनीहरु दुबैजनाले नगर, वडाका पार्टी र सत्तारुढ गठबन्धनका उम्मेदवार जिताउन आफ्नो जिम्मेवारी भएको र त्यसतर्फ सबै एैक्वद्धता हुन समर्थक सबैलाई अपिल गरेका छन् ।
अब भेरीगंगा नगरपालिकामा प्रमुख २, उपप्रमुख १, वडाअध्यक्ष ५ र वडासदस्यमा १२ जना स्वतन्त्र तर्फका उम्मेदवार कायम रहेका छन् ।