सुर्खेत । दैलेखका ११ स्थानीय तहमध्ये दुईवटामा मात्रै चुनावी गठबन्धन भएको छ । दुल्लु नगरपालिका र नारायण नगरपालिकामा मात्रै नेपाली कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीबीच चुनावी गठबन्धन भएको हो ।
दुवै नगरपालिकाकाे प्रमुखमा कांग्रेसले उम्मेदवारी दिएकाे छ भने दुल्लु नगरपालिकामा उपमेयर माओवादी र नारायण नगरपालिकाकाे उपमेयरमा एकिकृत समाजवादीकाे भागबण्डा भएकाे थियाे । साेही अनुसार उम्मेदवार कायम रहेकाे नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले जानकारी दिए ।
उनले अन्य पालिकामा पनि गठबन्धन गर्न निर्देशन गर्दागर्दै कार्यान्वयन हुन नसकेकाे बताए ।