सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुइ वाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ ।
थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर राति नै गृहजिल्ला सुर्खेत ल्याइदै छ । उनको सुर्खेतमै अन्त्येष्टि गरिनेछ ।