सुर्खेत।
सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ। बुधबार एक औपचारिक कार्यक्रम मार्फत घोषणा गरिएको हो।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेको प्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको लागि आग्रह गरे। कार्यक्रममा बोल्दै उनले बदलिएको व्यवस्था पश्चात स्वास्थ्य जनशक्ति बढेपनि स्वास्थ्य सुचकहरुमा सुधार आउन नसकिरहेको टिप्पणी गरे।
सुर्खेतमा बढ्दो बसाइँसराइका कारण वीरेन्द्रनगर जस्ता स्थानीय तहहरुमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरुको सक्रियता र जिम्मेवारीपन आवश्यक रहेको बताए।
सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए।
प्रदेश खोप समिति संयोजक एबम् सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए।
कर्णालीका ७ जिल्ला घोषणा गरिएको जानकारी दिए। अभियानले निरन्तरता दिन आग्रह गरे।
स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाए।
विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय अध्यक्ष एबम् जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले बताए।
२०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरु भएको थियो। २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित शिर्षकहरु