कर्णाली । जाजरकोट कारागारभित्र एक जना कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढाले कारागारभित्रै आइतवार झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त कुमार शर्माले जानकारी दिए ।
उनकाअनुसार बुढा गत चैत्र ५ गते जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका थिए । आत्महत्याको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।