सुर्खेत। नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले निर्वाचन पछि अधिवेशन गर्दा कांग्रेसको अवस्था नाजुक बन्ने बताएका छन्। बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी संवैधानिक व्यवस्था बमोजिम समयमै अधिवेशन गर्नुपर्ने बताए।
साथै उनले नेपालको राजनीतिक परिस्थिति गम्भीर अवस्थामा रहेको जानकारी जिकीर गरे। अमेरिकी राष्ट्रपतिको कार्यकारी निर्णय र नेपालप्रति दिइएका अभिव्यक्तिले थप चिन्तित हुन आवश्यक भएको बताए।
नेपालको अर्थतन्त्र खस्कदाे अवस्थामा रहेकाेले अब संयमित भएर आर्थिक अवस्था सुधार गर्नुपर्ने तर्क राखे। सरकार गठनका क्रममा सात बुँदे समझदारी गरिएको छ। त्यसैअनुरुप संविधान संशोधनको प्रक्रिया नभइरहेको टिप्पणी गरे।
सुशासन राजनीतिक स्थिरता, आर्थिक विसंगतिलाई सुधार गर्न दुई ठूला दल मिलेको भएपनि सरकारका कामकारबाहीलाइ पूर्ण समर्थन गर्न नसकिने बताए। अहिले आफ्ना अभिव्यक्तिहरू विरोध नभई खबरदारीको लागि भएको बताए। सत्तापक्षमा भएपनि प्रतिस्पर्धाको रूपमा खबरदारी गरिएको उनकाे जिकिर थियाे