सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा नगरप्रमुखको उम्मेद्वारका लागि नेपाली कांग्रेसका तर्फबाट तीन जनाको नाम सिफारिस भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेस नगर कमिटिले तीन जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस हुनेहरुमा पार्टीको जिल्ला सहसचिव हरि विष्ट, नगर सभापति समेत रहेका उपेन्द्र खड्का, र महिला तर्फबाट चाँदनी ढकाल रहेका छन् ।
आज बसेको नगर कार्य समितिको बैठकले पार्टीकाे विधान बमाेजिम दुई पुरुष र एक महिलासहित तीन जनालाई उम्मेद्वारका लागि जिल्ला कार्यसमितिलाइ नाम सिफारिस गरेको कांग्रेस स्रोतले जनाएकाे छ ।