काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना सम्बन्धी उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ । छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेकाे हाे।
बिहीबार एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको छ ।