कर्णाली । गत साउन २० गते उच्च रक्तश्रावका कारण सर्केगाड गाउँपालिका –३ उनापानी गाउँकी ३५ वर्षीय धनशोभा कामीको मृत्यु भयो । रक्तश्रावले गाउँमै थलिएकी धनशोभालाई एकसाथा गाउँका धामीझाँकी राखेर झारफुक गराउँदा निको नभएपछि उपचारका लागि गाउँपालिका केन्द्र सर्केगाड लैजाने क्रममा जोगीधार भन्ने स्थानमा उनको मृत्यु भएको थियो।
धनशोभाको मृत्युपछि दुई छोरा दुई छोरीका बिचल्ली भएको छ । नत पेटभरी खाना खान पाउँछन् नत शरीर राम्रोसँग ढाक्ने कपडा पाउँछन् । धनशोभाको मृत्युपछि बालबालिकाले गतिलो खाना र लगाउन नपाएको मृतकका श्रीमान दल कामीले दुखेसो गरे । भोक लागेपछि राम्रोसँग खान पाउँदैन नयाँ कपडा लगाउन पाएका छैन दल कामीले आँशु झार्दै भने । उनले भारत मजदुरी गर्न जानुहुन्थ्यो कता छोडेर जाउ छोराछोरी उनले बताए ।
चारजनामध्ये सबैभन्दा ठूलो उमेरकी छोरी उर्मिला कामी १० वर्षकी छिन । अरु कलिला छन्। गाउँमा उत्पादन भएको अन्न दुई महिना पनि पुग्दैन, ऋण,सापट मागेर बालबालिकालाई पालनपोषण गरेको छु बिहान बेलुका के खाउ के लाउ भन्ने अवस्था छ कामीले गुनासो गरे । हिउँदे महिना सुरु भइसक्यो घरमा ओढने ओछयाने कपडा पनि छैनन रातभर चिसोमा काम्दै निदाउनुपर्छ उनको भनाइ छ ।
धनशोभाले ३५ वर्षको उमेरमा चार सन्तानलाई जन्म दिएकी थिइन् । १० वर्षीय उर्मिला, ७ वर्षीय कल्पना, ६ वर्षीय बिबिश्रण,३ वर्षीय विविध पाँच महिनादेखि अहिलेसम्म सहाराविहीनजस्तै छन् । विद्यालयमा पढनका लागि कापी कलम नहुँदा उपनिर्वाचनका क्रममा हुम्लाको सर्केगाड गाउँपालिका- २ को रिप गाउँ पुगेका कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हारगुहार गर्न रिप गाउँ पुगेको उनले बताए ।
एकदुई बच्चाको व्यवस्था गरि दिन मन्त्री शाहीलाई आग्रह गर्न रिप गाउँ पुगेको उनको भनाइ छ । उनले भने,’ विद्यालय जाने उमेरका यी बालबालिका नत गतिलो खाना पाउँछन् नत गतिलो एकसरो लुगा लगाउन पाउँछन् बिचल्लीमा परेका छन् । ‘