काठमाडौँ । हेर्ने कथा ‘हराएका वर्षहरू’ यतिवेला चर्चामा छ । युट्युवको ट्रेन्डिङ एकमा रहेको यो भिडियो हेरेर अधिकांशले मुख्य पात्र प्रकाश तमाङप्रति चिन्ता प्रकट गरिरहेका छन् ।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस भिडियोमा प्रतिक्रिया जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् । उनले लेखेका छन्–’हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ‘हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।’
ओली थप लेख्छन्–सोचें-यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् १ एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’