सुर्खेत। सुर्खेतमा भएको बस दुर्घटनामा मृतक दुवै जनाको सनाखत भएको छ।
दैलेखको दुल्लु नगरपालिका भुकाह बाट वीरेन्द्रनगर आउँदै गरेको बस दुर्घटनामा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सोमबार दिउँसो साढे १ बजे दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाँबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनीबस दुर्घटना भएको थियो।
दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेमध्ये एक जना बाहेकको अवस्था सामान्य रहेको छ।